प्रदेशभित्र शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानुन र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना सङ्कलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य। अतिविशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा। संघीय र प्रदेश सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय। संघीय र प्रदेश कानुन बमोजिम प्रदेश प्रहरी सञ्चालन, व्यवस्थापन र नियमन। प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना सङ्कलन, रोकथाम, नियन्त्रण तथा समन्वय। लागू औषधि तथा मानव बेचबिखन नियन्त्रण। लागू औषधि दुर्व्यसनी र मानव बेचविखनमा परेको उपचार र पुनर्स्थापना। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना सङ्कलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग। प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी। सामुदायिक प्रहरी। प्रदेशभित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, विवाद व्यवस्थापन, ‍संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन, निवारक नजरबन्द र स्थान हद सम्बन्धी, अन्तर प्रदेश सुरक्षा, आपूर्ति समन्वय र सम्बन्ध, स्थानीय प्रशासनसँग समन्वय, सञ्चालन र व्यवस्थापन एवं उपाधि,सम्मान, विभूषणको सिफारिस, विपद् व्यवस्थापन,जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र सञ्चालन, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय,सहकार्य र सहयोग, विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन, अध्ययन तथ अनुसन्धान, विपद् जोखिम क्षेत्र नक्साङ्कन र बस्ती स्थानान्तरणका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय र सहकार्य, विपद् पूर्वसूचना प्रणाली सञ्चाल व्यवस्थापन र कार्यान्वयन, मौसम र जल मापन सञ्चार सञ्‍जाल व्यवस्थापन, प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आदिको व्यवस्थापन, प्रदेश सरकारको तर्फबाट गरिने सभा समारोहको व्यवस्थापन, प्रदेशमा भ्रमण गर्ने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको लागि सवारी साधन तथा आवास व्यवस्थापन, प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनर्स्थापना, अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति, सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएको व्यक्ति सम्बन्धी, सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण, जग्गा वा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको सूचना प्रविधि तथा विधुतीय सञ्चार माध्यम सञ्चालन सम्वन्धी नीति, कानुन र मापदण्ड तर्जुमा, कार्यन्वयन तथा अनुमति, इजाजत र नवीकरण, नियमन, प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन, प्रदेशभित्र सूचना प्रविधिको प्रवर्द्वन, टेलिसेन्टर र सूचना प्रविधि पार्कको निर्माण, व्यवस्थापन, सञ्चालन र नियमन, प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित सञ्चार माध्यमको दर्ता, अभिलेख, अनुमति, नविकरण र अनुगमन, प्रदेश सरकार मातहतका निकायहरुमा सफ्टवेयरको प्रयोग र अन्तर्आवद्धता, सफ्टवेयरको मापदण्ड निर्धारण, सफ्टवेयरमा प्रविष्ट तथ्याङ्कको सुरक्षा र दुरुपयोग नियन्त्रणको प्रत्याभूति, साईवर सुरक्षा अनुगमन, छापा सञ्चार माध्यमको दर्ता, अनुमति, अभिलेखाङ्क, बर्गीकरण,सञ्चार संहिता निर्धारण र अनुगमन, प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन,प्रकाशन र वितरण, श्रमजीवि सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन, प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी, केबुल वितरणको इजाजत, नवीकरण र नियमन, चलचित्र निर्माण सिनेमा हल सञ्चालन तथा प्रदर्शन अनुमति र नियमन, प्रदेशका विषयगत मन्त्रालयले मस्यौदा गरेको ऐन, नियम र गठन आदेशको तर्जुमा सुधार, अध्यादेशको तर्जुमा र सो सँग सम्बन्धित काम, प्रदेश कानून तर्जुमाका लागि राय तथा सहमति, प्रदेश कानूनको एकीकरण, संहिताकरण तथा अभिलेख व्यवस्थापन, प्रदेश कानूनको प्रकाशन तथा वितरण, प्रदेशका महत्वपूर्ण कानूनी लिखतहरुको अभिलेख व्यवस्थापन, प्रदेश राजपत्रमा प्रकाशन हुने सूचनाको सम्पादन र प्रकाशन एवम् सबै सार्वजनिक निकायमा प्राप्त हुने गरी प्रदेश राजपत्रको वितरण व्यवस्थापन, संघबाट प्रकाशित नेपाल राजपत्रको प्राप्ति, अभिलेख र सबै प्रदेश मन्त्रालय र आयोगमा वितरण व्यवस्थापन, प्रदेश सरकारका मन्त्रालय र निकायबाट दातृनिकाय र निजी क्षत्रसँग हुने करार वा सम्झौताको मस्यौदा तर्जुमामा सहयोग र सो सम्बन्धी कानूनी राय, संघीय तथा प्रदेश कानूनको कार्यान्वयन, निःशुल्क कानूनी सहायता र न्यायमा पहुँच अभिबृद्धि, मन्त्रालय र प्रदेश कानून बमोजिम गठित आयोग, निकाय र प्राधिकरणलाई कानूनी राय, प्रदेश सरकारको हकहित सरोकार भएको मुद्दामा भएको फैसला र आदेशको अभिलेख व्यवस्थापन र कार्यान्वयन, न्यायिक निकायले गरेको फैसला कार्यान्वयनमा सहयोग र सहजिकरण, प्रदेश सभा सदस्य र अन्य पदाधिकारीको सेवा, सुविधा सम्बन्धी कानून तर्जुमा, प्रदेश सरकारको निर्णय बमोजिम प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विषय, प्रदेश सभासँगको समन्वय, अन्य मन्त्रालयको कार्यक्षेत्रमा नपरेको बाँकी सम्पूर्ण विषयहरु ।