प्रदेशभित्र शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानुन र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना सङ्कलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य। संघीय र प्रदेश सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय। संघीय र प्रदेश कानुन बमोजिम प्रदेश प्रहरी सञ्चालन, व्यवस्थापन र नियमन। प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना सङ्कलन, रोकथाम, नियन्त्रण तथा समन्वय। लागू औषध तथा मानव बेचबिखन नियन्त्रण। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना सङ्कलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग। प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी। विपद् व्यवस्थापन,जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र सञ्चालन, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय, सहकार्य र सहयोग ।